लालबन्दी, ०१ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा रहेको माध्यमिक विद्यालयमा होटल व्यवसायी प्रेम लामाले डोनेसन बक्स प्रदान गरेका छन् ।
लालबन्दी १० कै स्थानीय वासिन्दा समेत रहेका लामाले विद्यालयलाई एक थान डोनेसन बक्स प्रदान गरेका हुन् ।
लामाले होटलमा विभिन्न सरसामग्री बिक्रीबाट प्राप्त हुने निश्चित रकम डोनेसन बक्समा हालेर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनले जानकारी दिए ।