लालबन्दी, २१ असार – लायन्स क्लब अफ लालबन्दी सिटीले आज तीन स्थानमा वृक्षरोपण गरेको छ ।
क्लबले लालबन्दीस्थित पिसपार्क, शहिद इगल स्मृति नमूना प्राथमिक विद्यालय र अम्मरज्यान निम्न माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरेको हो । हरियाली बढाउने रा वातावरण संरक्षण गर्ने मुख्य उद्देश्यसहित वृक्षरोपण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीका सचिव सुरज थापाले जानकारी दिए ।
क्लबका अध्यक्ष रेवन्तराज तिमल्सिनाको नेतृत्वमा क्लबका वर्तमान तथा पूर्व पदाधिकारी र सदस्य मिलेर वृक्षणरोपण गरिएको सचिव थापाले बताए । क्लबले सामाजिक कार्य अन्तर्गत यसरी बेलाबेलामा वृक्षणरोपण, रक्तदान, स्वास्थ्य शिविर, विपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग, अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गर्ने काम गर्दै आइरहेको छ ।