logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवनमा भोली नेपाल तामाङ घेदुङको मधेश प्रदेश अधिवेशन, तयारी पुरा


  • उज्यालो अभियान

रिना आले/हरिवन, ०६ असार – सर्लाहीको हरिवनमा भोली हुन लागेको नेपाल तामाङ घेदुङ मधेश प्रदेशको दोस्रो अधिवेशनको तयारी पुरा भएको छ ।

आयोजकले आज हरिवनमा पत्रकार सम्मेलन गरी भोली र पर्सी २ दिन चल्ने अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो । अधिवेशन हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा आयोजना हुने आयोजक नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गोलेले जानकारी दिए ।

“समान अस्तित्व, पहिचान र प्रतिनिधित्वका लागि हाम्रो आन्दोलन, मधेश प्रदेशवासी तामाङ समुदायको एकताको लागि दोस्रो अधिवेशन“ भन्ने मुल नाराका साथ अधिवेशन गर्न लागिएको हो । अधिवेशनको उद्घाटन भोली घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले गर्ने कार्यक्रम तय भएको छ ।

उद्घाटनका अवसरमा तामाङ समुदायको संस्कृति र भेषभुषा झल्कन झाँकीसहितको र्याली निकालेर साँस्कृतिक कार्यक्रम समेत गर्ने आयोजकको तयारी छ ।

अधिवेशन घेदुङको नयाँ मधेश प्रदेश कार्य समिति चयन गरेर टुंगिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।