फाइल तस्बीर ।
लालबन्दी, ०४ असार – सर्लाहीमा आज साँझबाट हावाहुरी र चट्याङसहित भारी वर्षा भइरहेको छ ।
उत्तरी भेगको लालबन्दी, हरिवन, ईश्वरपुर, बागमतीलगायत क्षेत्रमा १ घण्टादेखि मुसलधारे पानी परिरहेको हो ।
अहिले सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पनि मौसम बदली भएर पानी पर्न सुरु भएको स्थानीयले बताएका छन् ।