logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसी मरे


  • उज्यालो अभियान

जिरायत, ०४ असार – सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा आज बिहानपख हावाहुरीले गोठ भत्किँदा एक जना किसानले पालेको दुई वटा भैँसी मरेका छन् ।

व्यावसायिक रुपमा भैँसी पालन गर्दै आउनुभएका जिरायत बस्ने रामप्रताप रायको खपडाले छाएको गोठ भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् । हावाहुरीले गोठ भत्किँदा तथा दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।

गोठ भत्किएर थिच्दा अन्य दुई वटा भैँसी पनि घाइते भएका छन् । नौ वटा भैँसी भने सकुशल नै रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएका छन् ।

बागमती क्षेत्रमा हावाहुरीसहित राति पानी र ठूलो हावाहुरी चले पनि जिरायतमा यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको प्रहरी निरीक्षक तामाङले बताउनुभएको छ ।