logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

महिला समूहले दियो सर्पदंश उपचार केन्द्रलाई फ्रिज


  • उज्यालो अभियान

नवलपुर, ०३ असार – दिदी बहिनी जागरण समूह लालबन्दीले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रलाई आज एक थान फ्रिज सहयोग गरेको छ ।

महिला समूहले सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम राख्न फ्रिज उपलब्ध गराएको हो । समूहमा आवद्ध महिला दिदी बहिनी आफै आज दिउँसो सर्पदंश उपचार केन्द्रमा पुगेर केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेललाई फ्रिज हस्तान्तरण गरेका हुन् ।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष पौडेलले अनेक चूनौतिका बिच सञ्चालन भइरहेको उपचार केन्द्रलाई फ्रिज प्राप्त हुँदा उपचारमा थप टेवा पुगेको बताए । पौडेलका अनुसार उपचार केन्द्रसँग यसअघि दुईवटा फ्रिज रहेकोमा एन्टीस्नेक भेनम धेरै परिमाणमा आएको समयमा मौज्दात गरेर राख्नै समस्या पर्दै आइरहेको थियो ।

दिदी बहिनी जागरण समूह लालबन्दी ७ ले यसअघि लालबन्दीकै पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न सहयोगसहित अन्य सामाजिक काम गर्दै आइरहेको छ ।

सोहीक्रममा समूहमा आवद्ध महिलाले आज लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) सहित सर्पदंश उपचार केन्द्रमा पुगेर लालबन्दी १ का वडाध्यक्ष हरिहर भट्टराईसहितको उपस्थितिमा फ्रिज हस्तान्तरण गरेका हुन् ।