logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बिजुली नहुँदा मालपोत र नापीको सेवा ठप्प, जेनेरेटर चलाउन तेल छैन


  • उज्यालो अभियान

हरिवन, ०१ असार – सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयको सेवा आज ठप्प रहेको छ ।

पूर्व पश्चिम राजमार्गस्थित हरिवन ९ नोचाँमा हिजो पूर्व पश्चिम राजमार्ग विस्तारमा प्रयोग भएको टिप्परको ठक्करबाट बिजुलीको एउटा पोल भाँचिएको थियो ।

हिजोदेखि अवरुद्ध विद्युत सूचारु नहुँदा मालपोत र नापी कार्यालयको सेवा प्रभावित बनेको हो । यि कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही निराश बनेका छन् ।

कतिपय सेवाग्राही घर फर्किसकेका छन् भने कतिपय बत्ती सूचारु भएपछि काम हुने आशमा अझै पनि कार्यालय परिसरमै बसिरहेका छन् । कार्यालय बाहिर रहेका लेखापढी व्यवसायी समेत कामविहीन बनेका छन् ।

मालपोत कार्यालय हरिवनका एक कर्मचारीले जेनेरेटर चलाउन तेल नरहेकाले बत्ती आएपछि मात्रै कार्यालयको सेवा सूचारु हुने अवस्था रहेको बताए । तेलका लागि भनेर आएको सिमित बजेट खर्च भइसकेको ति कर्मचारीले उज्यालो अभियानसँग बताए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले नयाँ पोल हाल्ने काम भइरहेको जानकारी दिए । उनले गाउँले प्रयोग गर्ने बिजुली हिजै सूचारु गरेपनि मालपोत र नापीतर्फको लाइन अब पोल फेर्ने काम गरेपछि जोड्ने बताएका छन् ।