logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पहाडी भेगमा ठूलो पानी पर्दा लखन्देही र बागमतीमा बाढी


  • उज्यालो अभियान

फाइल तस्बिर ।

बागमती, ०१ असार – सर्लाहीकै चुरेभेग र पहाडी क्षेत्रमा बिहान ठूलो पानी पर्दा अहिले लखन्देही, बागमतीलगायतका खोलामा बाढी आएको छ ।

आज बिहान शीरतिर ठूलो पानी परेकाले यहाँको प्रत्येकजसो खोलामा बाढी आइरहेको हो । सर्लाहीमा आज बिहान चट्याङसहित विभिन्न क्षेत्रमा वर्षा भएको थियो । अहिले भने पानी पर्न रोकिएर घाम लाग्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले चट्याङबाट जिल्लामा कहिँकतै क्षति भएको जानकारी नआएको तर बागमती र लखन्देही खोलामा भने पानीको बहाव बढिरहेको उज्यालो अभियानसँग बताए ।

मौसममा बदली हुँदा यहाँ आज तुलनात्मकरुपमा गर्मी केही कम छ ।
राम्रोसँग पानी परेको क्षेत्रका स्थानीयले हिजो अस्तीको भन्दा शित्तलताको महशुस गरेका छन् ।

पानी पर्न नसक्दा यहाँ धानको ब्याड, मकै, उखु लगायतका बालीनाली सुकेर गइरहेको अवस्था थियो ।