पुस २३ गते साेमबार दिउँसाे जिल्ला प्रशासन कार्यालय मलंगवाकाे बैठक हलमा सर्वदलीय प्रतिनिधिहरुसँग छलफल गर्दै समितिका संयाेजक थानेश्वर गाैतम सहितकाे टाेली । (तस्बिर : उज्यालाे अभियान)
बरहथवा – सर्लाहीको बरहथवा घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
समितिका संयोजक तथा गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका सह-सचिव थानेश्वर गौतम नेतृत्वको टोलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो । समितिले मन्त्री श्रेष्ठलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसहसचिव नारायण प्रसाद भट्टराईले सोमबार दिउँसो उज्यालो अभियानसँग कुरा गर्दै पुष्टी गरे ।
बरहथवा नगरपालिका ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरणको विवादमा गएको पुस २० गते भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा बजारमा होटल तथा दानाको व्यवसाय संचालन गर्ने जयशङ्कर शाहको मृत्यु भएको थियो । स्रोतका अनुसार छानबिन समितिले गोली प्रहारमा संलग्न इलाका प्रहरी कार्यालय बरहथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ ।
त्यस्तै छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको र साेही अनुसार गृह मन्त्रीकाे निर्देशनमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय समेत गरिसकेको छ ।
याे पनि पढ्नाेस्
बरहथवामा नयाँ डीएसपीका रुपमा मुक्तिनाथ सापकोटा आउने
बरहथवा गाेलिकाण्ड : छानबिन टाेली सर्लाहीबाट फर्कीयाे
बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने
सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार