बरहथवा – प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) ले सर्लाहीको बरहथवास्थित इलाका प्रहरी कार्यालयमा नयाँ डीएसपी खटाएको छ ।
इप्रका बरहथवाको नयाँ इन्चार्जका रुपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटालाई पठाइएको हो । सापकोटा सिन्धुलीस्थित दुधौली तालिम केन्द्रमा कार्यरत छन् ।
बरहथवाका डीएसपी गंगा बहादुर थापाको भने प्रहरी प्रधान कार्यालयमा काज फिर्ता भएको छ । थापा बरहथवामा केही दिन मात्रै बस्न पाए ।
पुस २० गते बरहथवाको गोलीकाण्ड घटनापछि भर्खरै बरहथवामा हाजिर भएका डीएसपी थापालाई जिल्ला तानेर बरहथवामा तत्कालका लागि इन्स्पेक्टर ओमप्रकाश यादवलाई पठाइएको थियो ।
केही दिनेखि इन्स्पेक्टर यादवले इन्चार्ज सम्हालिरहेको भएपनि अब नयाँ डीएसपी सापकोटा आउने बुझिएको छ ।