logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

राजेन्द्र महतो सर्लाही २ बाट चुनाव लडने, महेन्द्र राय यादव प्रतिस्पर्धी


  • उज्यालो अभियान

मलंगवा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका छन् ।

महतो २०७४ सालमा निर्वाचित भएको धनुषा क्षेत्र नं. ३ पार्टीका नेता अनिल झालाई छाड्दै उनी आफ्नै गृह जिल्ला सर्लाहीको क्षेत्र नं. २ बाट चुनाव लड्ने भएका हुन् । महतोको घर क्षेत्र नं. १ को चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा पर्छ ।

उनको सत्ताधारी गठवन्धनमै रहेको नेपाल समाजवादी पार्टीका नेता एवं निवर्तमान सांसद महेन्द्र राय यादवसँग प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं. २ कै हरिपूर्वा नगरपालिका घर भएका यादव डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा भएपनि माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमती भएको छ ।

कांग्रेस र लोसपाबीच भएको सहमतीमा सर्लाहीको २ नम्वर क्षेत्रको संघीय निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने उल्लेख छ ।