राजघाट – सर्लाहीको बागमती नगरपालिका–६, राजघाट खाल्टेमा सोमवार राती एक घरमा आगलागी भएको छ ।
स्थानीय अर्जुन अधिकारीको घरमा राती ११ बजेतिर अचानक आगलागी भएको हो । प्रहरी चौकी राजघाटका अनुसार आगलागीको कारण खुल्न सकेको छैन् ।
आगलागीबाट काठको दुई तले घर पूर्णरुपमा जलेको छ । पीडितले आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको बताएका प्रहरीले जनाएको छ । आगलागी गाउँले र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
यसैबीच, प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–१, हजारविगाह डाँडाटोलबाट बेवारिसे अवस्थामा सालको गोलिया बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मूर्तिया हजारविगाहबाट खटिएको प्रहरी गस्ती टोलीले २७ क्यूफिट बराबरको दुई थान सालको गोलिया बरामद गरेर वन कार्यालयमा बुझाएको छ ।