logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एसपी राठौरको सरुवा, सर्लाहीमा कृष्ण प्रसाई आउने


  • उज्यालो अभियान

सर्लाहीबाट सरुवा भएका एसपी राठौर र सर्लाही आउन लागेका नयाँ एसपी प्रसाई ।

मलंगवा – सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसपी राठौरको प्रहरी प्रतिष्ठान (पुलिस एकेडेमी) महाराजगन्जमा काज सरुवा गरेको हो । एसपी राठौरको २०७७ भदौ ४ गते सर्लाहीमा सरुवा भएको थियो ।

राठौरको ठाउँमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसपी कृष्ण प्रसाईलाई सर्लाही सरुवा गरिएको छ । सर्लाही आउन लागेका एसपी प्रसाईले डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय मलंगवामा रहेर काम गरिसकेका छन् ।

यस्तै, सर्लाहीसँगै धनुषा जिल्लाका प्रहरी प्रमुखको पनि सरुवा भएको छ । धनुषाका अहिलेका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटको स्थानमा एसपी वसन्त रजौरेलाई सरुवा गरिएको छ ।