logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जुनियर यूथ रेडक्रस हरिवन सर्कलको पहिलो साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

वनबाटिका – सर्लाहीको हरिवनस्थित वनबाटिकामा शनिवार जुनियर यूथ रेडक्रस हरिवन सर्कलको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

सभाबाट पुरानो समिति विघटन गर्दै नयाँ समिति चयन गरिएको छ । साधारण सभाले ईश्वर धमलाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।

गुन्जलाल घलानको अध्यक्षता, राजु लो तामाङको संचालन, रेडक्रस सर्लाहीका उपमहामन्त्री विनोद कार्कीको प्रमुख आतिथ्यता र हरिवन रेडक्रसका सभापति भरत कुमार कार्कीको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाबाट निरज कार्की, रामहरि बुढाथोकी, कृष्ण ओपतोले, सुनिल श्रेष्ठ र युवराज भण्डारीलाई जुनियर यूथ रेडक्रस हरिवन सर्कलको सल्लाहकारमा चयन गरिएको छ ।

यस्तै, शनिवारको भेलाबाटै युवा रेडक्रस सर्कलमा गुन्जलाल घलानलाई संयोजक र राजु लो तामाङलाई उपसंयोजकमा चयन गरिएको छ ।