बरहथवा – सर्लाहीको बरहथवामा शनिवार आयोजना गरिएको एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा ४३६ जनाको आँखा परीक्षण गरिएको छ ।
लायन्स क्लब अफ सर्लाही बरहथवाले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी चक्र जनता शहीद गंगा माध्यमिक विद्यालय बरहथवा–५ मा राखेको आँखा शिविरमा त्यति धेरै संख्यामा स्थानीयवासीहरुको आँखा परीक्षण गरिएको हो । आँखा जाँच गरिएका ४३६ जनामध्ये ८३ जनामा मोतिया बिन्दुको समस्या देखिएको लायन्स क्लब अफ सर्लाही बरहथवाका अध्यक्ष अमरेन्द्र कुमार सिंहले जानकारी दिए ।
मोतिया बिन्दुका बिरामीलाई अप्रेसन समेत निःशुल्क गरिने आयोजकले जनाएको छ । उनीहरुलाई आइतवार बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमण रहे÷नरहेको एन्टिजेन परीक्षण गरी बागमतीस्थित कर्मैया स्वास्थ्य चौकीमा मोतिया बिन्दुको अप्रेसन गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष सिंहले बताए ।