logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीको बलराबाट पेस्तोलसहित एक युवक पक्राउ


  • उज्यालो अभियान

बलरा – सर्लाहीको बलराबाट शनिवार बिहान हतियारसहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतीय सीमासँग जोडिएको बलरा नगरपालिका वडा नं. ३ का ३२ वर्षीय नवनित झा एक थान पेस्तोल र त्यसको म्यागजिन एक थानसहित पक्राउ परेका हुन् । झालाई थप अनुसन्धानका लागि सीमा प्रहरी चौकी बलराले जिल्ला प्रहरी कार्यालय मलङ्गवा पठाएको छ ।

उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर नवनितले घरमा राखिएको पेस्तोल निकालेर स्थानीय विनय झामाथि आक्रमण गर्न खोज्दा उनलाई आफूहरुले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको स्थानीयवासीले बताएका छन् ।