logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवनका दुई अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ मा सोमवार दुई अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

गरिबीका कारण कष्टकर जीवनयापन गरिरहेका मंगलसिंह डंगोल र रामबहादुर भुजेलको परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो । हरिवन घरभई हाल अमेरिकामा बस्दै आएका एक जना मनकारी युवाको सहयोगमा डंगोल र भुजेल परिवारलाई चामल, नुन, तेल, पिठो, दाल र एक थान त्रिपाल हस्तान्तरण गरिएको हरिवनका युवा युवराज भण्डारीले जानकारी दिए ।

कार्यक्रममा समाजसेवी भरत कुमार कार्कीले डाइड्रोसिलको बिरामी समेत रहेका रामबहादुर भुजेललाई औषधि खर्च बापत तत्काल १ हजार सहयोग गर्दै चाँडै उपचारको व्यवस्था पनि मिलाउने प्रतिवद्धता जनाएका छन् ।