logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बयलवासमा मिनी ट्रकमा आगजनी


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा मंगलवार राती पार्किङ गरेर राखिएको मिनी ट्रकमा आगजनी भएको छ ।


स्थानीय खड्ग प्रसाद बरालको घर छेउमै पार्किङ गरेर राखिएको ना ४ च ९५७ नम्वरको ट्रकमा आगजनी भएको हो । ट्रकको मुनी जलेर थोरै मात्रै बाँकी रहेको साइकलको टायर फेला परेकाले, ट्रकमा कसैले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।


आगजनीबाट ट्रकको इन्जिनको भाग र अगाडिको दाहिने पट्टीको टायर जलेको छ । मंगलवार राती ११ बजेतिर लागेको आगो स्थानीय र नजिकै रहेको ईलाका प्रहरी कार्यालय केशरगन्जबाट गएका प्रहरी मिलेर तत्कालै नियन्त्रणमा लिएका थिए ।


घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।