logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवनमा बेवारिसे शव बरामद


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवनमा मंगलवार दिउँसो एक पुरुष मृत फेला परेकी छिन् ।

हरिवन बजार क्षेत्रमा लामो समयदेखि ज्याला मजदुरी तथा मागेर खाँदै हिँड्ने जुम्ली भन्ने अन्दाजी ३५/४० वर्षका बेवारिसे पुरुष मृत फेला परेका हुन् । हरिवन नगरपालिका–११, बजारस्थित निर्माणाधीन भवनको पछाडि इन्सार मियाँको खाली जग्गामा जमेको पानीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ती पुरुष प्रायः अत्यधिक मदिरा सेवन गरेर हिँड्ने गर्थे । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।