नुनथरमा भएको एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरुको भेला ।
नुनथर – सर्लाहीमा पहिलो पटक एमआईएस अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन गरिएको छ ।
आइतवार सर्लाही र रौतहटको संगम स्थलमा पर्ने नुनथरमा सम्पन्न जिल्लाभरका स्थानीय तहहरुमा कार्यरत एमआईएस अपरेटर र फिल्ड सहायकहरुको भेलाले समिति गठन गरेको हो । समितिमा सरोज चौलागाईं अध्यक्ष, सुस्मिता गौतम, पवन कुशवाहा र रामविश्वास बैठा उपाध्यक्ष, राजनारायण राय यादव कोषाध्यक्ष, प्रितिन्जला थापा सचिव, किशोरी राय सहसचिवसहित हिरा अधिकारी, बिजय कुमार बोम्जन लगायत सदस्य रहेका छन् ।
समितिको सल्लाहकारमा हरिकिशोर महतो, रितेश साह र रितुराज शर्मालाई चयन गरिएको छ । प्रत्येक स्थानीय तहमा रहने एमआईएस अपरेटर र फिल्ड सहायकहरुले पन्जिकरण शाखाको काम गर्दै आइरहेका छन् । समिति गठनपश्चात अब उनीहरुको हकहितका लागि पहल गर्ने बताइएको छ ।