logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिवनका इन्सपेक्टर यादव प्रदेश प्रहरी कार्यालयमा तानिए


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) अवधेश कुमार यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ ।

स्रोतका अनुसार इन्सपेक्टर यादवको भूमिकामाथि प्रश्न उठेपछि उनलाई हरिवनबाट प्रदेशमा तानिएको हो । यादवको अब केही साताभित्रै नियमित सरुवाको समय भइसकेको थियो ।

उनी एक साताअघि नै जनकपुर गएका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । यादवको ठाउँमा प्रहरीको दंगा नियन्त्रण गण ढल्केबर, धनुषाबाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई हरिवन पठाइएको छ ।

इन्सपेक्टर गिरीले हिजो (सुक्रवार) नै हरिवन आएर नेतृत्व सम्हाली सक्नु भएको छ ।