logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

घारिबथानमा ४१ जना छात्रालाई साइकल वितरण


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीका ४१ जना छात्रालाई सुक्रवार साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत कक्षा ८ को अध्ययन पूरा गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका सम्पूर्ण ४१ जना छात्रालाई नै एक÷एक थान साइकल वितरण गरिएको हो । कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिन, अन्य जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हरिबहादुर लुंगेली, विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतो, अन्य शिक्षक, राजनीतिक दलका नेता लगायतको उपस्थितिमा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय आउनजान सहज हुने गरी साइकल पाएपछि छात्राहरु खुसी भएका छन् । प्रदेश २ सरकारले छोरीहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गर्दै आइरहेको छ ।