प्रतिकात्मक तस्बिर ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा शनिवार पोखरीमा डुबेर एक वृद्धको ज्यान गएको छ ।
स्थानीय मदन मोक्तानको पोखरीमा डुबेर सोही ठाउँका ७८ वर्षीय लालबहादुर घिसिङको ज्यान गएको हो । सुक्रवार राती ९÷१० बजेतिर घरबाट डुल्न निस्कनु भएका घिसिङ शनिवार बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार घिसिङले अत्यधिक मदिरा सेवन गर्थे । मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारले बुझिसकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।