logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको तापक्रम शुक्रवार यो वर्षकै कम, ७ डिग्री सेल्सियस मापन


  • उज्यालो अभियान

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको तापक्रम आज (शुक्रबार) बिहान यो वर्षकै कम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो (बिहिबार) बिहानीपख यहाँको तापक्रम ९ डिग्री सेल्सियस थियो । यसरी दिनहुँ तापक्रम घट्दै गई ठि¥याउँदो चिसो हुँदा जनजीवन अत्यन्त प्रभावित भइरहेको छ । दिउँसोपख केहीबेर पारिलो घाम लागेपनि बिहान–बेलुका र रातको समयममा हुस्सु लाग्नुका साथै चिसो हावा चल्दा जनजीवन कष्टकर बनिरहेको हो ।

यस क्षेत्रमा बिहान बाक्लो मात्रामा हुस्सु लागेर अत्यधिक चिसो भएपनि मध्यान्हदेखि भने घाम लागिरहेको छ । चिसो छल्न ग्रामीण भेगका स्थानीयहरु घर तथा चोक चौतारामा आगो बालेर तापिरहेका हाम्रा संवाददाताहरुले छन् । न्यानो कपडा नभएका अति विपन्न, गरिव र पिछडिएको दतिल परिवार बढ्दो चिसोले धेरै प्रभावित भएका छन् ।

मजदुर र किसानलाई दैनिक कामकाजमा निस्कन समेत समस्या भइरहेको छ । यो बेलामा स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरु बिरामी पर्नुका साथै चिसोले कठ्यांग्रिएर ज्यानै समेत जान सक्ने भएकाले सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन् ।