logo
  • बिहिबार, साउन २८, २०८३ / Thursday, Aug, 13 ,2026

नेपाल मानव धर्म सेवा समितिको अगुवाईमा सरसफाई


  • उज्यालो अभियान

हरिवन, २७ साउन – अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आज सर्लाहीको हरिवनस्थित महेन्द्र राजमार्गमा पर्ने हरिवन बजार क्षेत्रको सरसफाई गरिएको छ ।

नेपाल मानव धर्म सेवा समितिको अगुवाईमा हरिवन बजार क्षेत्रमा बृहत सरसफाई गरिएको हो ।

सरसफाईमा उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अर्किड इन्टरनेशनल स्कुल परिवार, जनप्रतिनिधि, युवा, विद्यार्थी र नेपाल मानव धर्म सेवा समितिमा आवद्ध भएका व्यक्तिहरु सहभागी भएका नेपाल मानव धर्म सेवा समितिकी कोषाध्यक्ष शोभा ढुंगानाले जानकारी दिईन् ।