logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चोरीको गरगहना र नगदसहित चारजना पक्राउ


  • उज्यालो अभियान

पक्राउ परेकाहरुको साथबाट बरामद् सुनका गरगहना तथा नगद । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

लालबन्दी, ०४ पुस – इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले चोरीको सुनका गरगहना तथा नगदसहित चारजनालाई पक्राउ गरेको छ ।

महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी बजार स्थित आरके ज्वेलर्सका संचालक रमेश विक, साईरा ज्वेलर्सका संचालक लालबन्दी नपा–६ वस्ने कुमार विश्वकर्मा, धनकौल गाँउपालिका–६ निवासी विदेशी साहकी श्रीमती ३५ वर्षीया पिंकी देवी साह र परिवर्तित नाम “२२ लालबन्दी ०८२\०८३ (सी)” लाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धाधका क्रममा गत मंसिर २३ गते लालबन्दी नगरपालिका–९ वस्तीपुरस्थित प्रमोद कुमार लुईटेलको घरबाट चोरी भएको गरगहना पिंकी देवी साह लगायतबाट आरके ज्वेलर्सका संचालक रमेश र साइरा ज्वेलर्सका संचालक कुमारले एक लाख ४४ हजार रुपैंयामा खरिद गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा परिवर्तित २२ लालबन्दी ०८२\०८३ (सी) को कोठामा रहेको दराजको लकरमा उक्त तिलहरी लगायत गरगहना र नगद रकमसमेत बरामद् भएको प्रहरीले जनायो । बरामद् गरगहनाहरु प्रमोद कुमार लुईंटेलबाट सनाखतसहित जाहेरी दरखास्तसमेत परेको हुँदा चारैजनालाई चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।