logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जनज्योति बहुमुखी क्याम्पसमा तेस्रो फुड फेस्टिबल कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, २८ मंसिर – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज तेस्रो फुड फेस्टिबल कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।

उद्यमशीलता विषयमा आधारित प्रयोगात्मक कार्यका लागि विद्यार्थीहरूलाई उक्त कार्यक्रम गराइएको कार्यक्रमका संयोजक एवं उपप्राध्यापक देवराज पौडेलले जानकारी दिए । किताबको ज्ञानलाई व्यवहारमा उतार्न मद्दत पुगोस् भन्ने उद्देश्यले क्याम्पसको बीबीएस चौथो वर्षले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम एक दिन मात्र संचालन भएको क्याम्पसको स्वातन्त्र विद्यार्थी युनियनका सदस्य आदित्य महतोले जानकारी दिए । उनका अनुसार कार्यक्रममा स्थानीय परिकारलाई प्राथमिकतामा राखिएको थियो ।

विद्यार्थीहरूलाई आत्मनिर्भर हुन र सामूहिक कार्य गर्नका लागि यस्ता कार्यक्रममार्फत उत्प्रेरित तुल्याउने क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले बताए । फुड फेस्टिबलमा माछा, बगिया, कोदोको रोटीलगायतका विभिन्न स्थानीय परिकारको स्वाद प्रदान गरिएको बिबिएस चौंथो वर्षमा अध्ययन छात्रा एवं स्ववियु सदस्य प्रकृति खनालले जानकारी दिईन् ।

यसरी स्थानीय परिकार बनाउन सिकाउँदा पुराना पुस्ताले खाने गरेको परिकारको बारेमा समेत नयाँ पुस्ताले जानकारी पाउन सहज हुने क्याम्पसले जनाएको छ ।