तस्बिर : विनोदकुमार अधिकारी
ब्रम्हपुरी, ३० कात्तिक – सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
आज बिहान बयलवासबाट मलंगवातर्फ जाँदै गरेको ना ४१ प ३३०९ नं. मोटरसाइकल ब्रम्हपुरी गाउँपालिका २ धर्मपुर टोलमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका ७ बयलवास बस्ने २० वर्षीय उमर मिकरानी घाइते भएका थिए ।
टाउकोमा चोट लागेर मिकरानीलाई बयलवासमा सामान्य उपचारपछि थप उपचारका लागि अल्टिच्यूट हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।