संग्रामपुर, ३० कात्तिक – सर्लाही प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्रामपंचायत कोबरवा बस्ने २२ वर्षीय तशिफ शेख र भारतकै सितामढी जिल्ला थाना बेला पंचायत लहुरिया वडा नं. १०, खुर्साहा बस्ने १९ वर्षीय फरहान राजा रहेका छन् । उनीहरुको साथबाट ११.९१ ग्राम खैरो हिरोइन बरामत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
प्रहरीले उनीहरुलाई सीमावर्ती पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा भारतीय युवा शेख र राजालाई पक्राउ गरिएको डिएसपी राईले बताए ।
प्रहरीले दुवै जनाविरुद्ध लागुऔषध मुद्दामा आज सर्लाही जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ । लागुऔषधसहित पक्राउ परेका शेख र राजा अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा रहेका छन् ।