मलंगवा, २२ असार – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को आयोजनामा आइतबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरिएको छ । पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले झुठा मुद्धा लगाएको भन्दै जसपा सर्लाहीको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
मलंगवा नगर परिक्रमा गर्ने क्रममा प्रदर्शनमा सहभागिहरुले मधेश प्रदेश सभाका पूर्व सांसद समेत रहेका यादवमाथि प्रहरीद्वारा लगाइएको मुद्धा खारेजी गर्नुपर्ने, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगन्द्र खड्कामाथि कारबाही गर्नुपर्ने लगायत विभिन्न नाराबाजी गरेका थिए । प्रदर्शनका सहभागिले लाठी, झाडु, कुचो लगायत समेत प्रदर्शन गरेका छन् । नेता यादवमाथि षडयन्त्रपूर्वक दमनको शैलीमा मुद्धा दर्ता गरिएको र उक्त मुद्धा फिर्ता नलिएको भन्दै जसपा सर्लाहीले पटक-पटक आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ । जसपाले यसअघि दुईदिन सदरमुकाम मलंगवा बन्दसमेत गराएको थियो ।
योपनि पढ्नोस्
मलंगवामा आज पनि यातायात र बजार ठप्प, आफै अदालत उपस्थित हुन खोज्दै यादव
मलंगवामा यातायात र बजार ठप्प, जनजीवन प्रभावित
जसपा प्रदेश अध्यक्ष अशोक यादवको पक्षमा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन
अशोक यादवविरुद्ध यसअघि पनि दर्ता भएका थिए ७ मुद्दा
पक्राउ पुर्जी जारी भएपछि जसपा अध्यक्ष यादव फरार, खोजी गर्दै प्रहरी
एसपी र जसपा प्रदेश अध्यक्ष गालीगलौच प्रकरण : यादवविरुद्ध पक्राउ पुर्जी जारी