logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जसपा प्रदेश अध्यक्ष अशोक यादवको पक्षमा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन


  • उज्यालो अभियान

शनिबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै जसपाका नेता कार्यकर्ताहरु ।

मलंगवा, २२ असार – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै विरोध प्रदर्शन गरिएको छ ।

शनिबार जसपा सर्लाहीको आयोजनामा सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरिएको हो । मधेश प्रदेश सभाका पूर्व सांसद समेत रहेका यादवमाथि झुठा मुद्धा लगाइएको र उक्त मुद्धा खारेजीको माग गर्द जसपाका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् । नेता यादवमाथि षडयन्त्रपूर्वक दमनको शैलीमा मुद्धा दर्ता गरिएको र उक्त मुद्धा फिर्ता नलिए कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुने जसपा सर्लाहीले जनाएको छ । यादवविरुद्ध पक्राउ पूर्जी जारी भएको घटनाप्रति मुलुकका विभिन्न जिल्लामा समेत जसपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

योपनि पढ्नोस्

अशोक यादवविरुद्ध यसअघि पनि दर्ता भएका थिए ७ मुद्दा 

पक्राउ पुर्जी जारी भएपछि जसपा अध्यक्ष यादव फरार, खोजी गर्दै प्रहरी

एसपी र जसपा प्रदेश अध्यक्ष गालीगलौच प्रकरण : यादवविरुद्ध पक्राउ पुर्जी जारी