logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

धुम्मियो सर्लाहीको मौसम, किसान चिन्तित


  • उज्यालो अभियान

लालबन्दी, ११ कात्तिक – सर्लाहीको मौसम आजदेखि धुम्मिन थालेको छ ।

बिहानसम्म घाम लागेर उघ्रिएको मौसम दिउँसोपछि भने एकाएक धाम्मधुम्म भई पानी पर्ला जस्तो भएको हो । मौसम बदली भएर पानी पर्ला जस्तो भएसँगै धान काट्ने, तोरी छर्ने, मास टिप्नेलगायत बाली भित्र्याउने काममा व्यस्त रहेका किसान चिन्तित भएका छन् ।

धेरै किसानले त आज बेलुकासम्ममा धान भित्र्याइसक्ने गरी खेतबारीमै देखिन्छन् । मौसम पूर्वानुमान महाशाखाले भोलीदेखि केही दिन वर्षाको पूर्वानुमान गरिसकेको छ ।

अहिले ठूलो पानी परे काटेर पाँजा सुकाएको तथा पाकेर काट्ने बेला भएको धान बालीमा क्षति गर्ने अवस्था छ ।

किसानले भर्खरै छरेको तोरीसमेत बिगार्ने छ ।