logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दी नगर वाङ्मय परिषद्को अध्यक्षमा पुनः अधिकारी चयन


  • उज्यालो अभियान

अच्युत अधिकारी ।

लालबन्दी, २८ असार – लालबन्दी नगरपालिकाले स्थानीय भाषा, कला, साहित्य, सङ्गीत, र संस्कृतिको संरक्षण, विकास र प्रवद्र्धन गर्न स्थापना गरेको लालबन्दी नगर वाङ्मय परिषद्को अध्यक्षमा पुनः अच्युत अधिकारी चयन भएका छन् ।

आज सम्पन्न परिषद्को दोस्रो अधिवेशनले अधिकारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । परिषद्को उपाध्यक्षमा राजेश्वरी काफ्ले, सचिवमा सुमन घिमिरे, कोषाध्यक्षमा विवश पौडेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा रीता कोइराला, सूर्यप्रसाद बराल, टीकाराम श्रेष्ठ, सुमित्रा आचार्य, रामहरि बराल र रामदरेश महतो चयन भएका छन् ।

परिषद्का तीन जना सदस्य नगर प्रमुखले मनोनित गर्ने र अर्का एक जना सदस्य नगरपालिकाले तोक्ने व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष अधिकारीले उज्यालो अभियानसँग बताए ।

लालबन्दी नगर वाङ्मय परिषद्को अधिवेशनमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी, सोही क्याम्पसका प्रमुख वीरेन्द्र चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर वाङ्मय परिषद्लाई सहयोग गर्ने विप्रहरि दाहाल, कुमार दाहाल, कवि सुवेदीसहित लालबन्दी नगरपालिकाको लोगो तयार पार्ने कोमलप्रसाद गौतम र अन्य विभिन्न संघसंस्थालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।