हरिपुर, २७ असार – सर्लाहीको हरिपुर नगरपालिका ७ पचगछियामा रहेको श्रवण जनता आधारभूत विद्यालयका ८२ जना विद्यार्थीलाई आज साइकल वितरण गरिएको छ ।
विभिन्न विदेशी दातृ निकायको सहयोगमा विद्यालयका छात्र तथा छात्रा ८२ जनालाई साइकल उपलब्ध गराइएको हो । विद्यार्थीलाई वडाध्यक्ष मनोजकुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, लेखा अधिकृत भूपेन्द्र सिंहलगायत भएर साइकल वितरण गरेका हुन् ।
बालबालिकालाई विद्यालयसम्म आउजाउमा सहजता र पढाईप्रति आकर्षित गराउन साइकल वितरण गरिएको सहयोगी दातृ निकायले जनाएका छन् ।