सहायक सिडियो शिवहरि पोखरेल ।
मलंगवा, २७ असार – जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नयाँ सहायक प्रमुख जिल्ला अधिकारी आएका छन् ।
गएको बैशाखमा उपसचिव होमप्रसाद घिमिरे श्रम तथा यातायात मन्त्रालयमा सरुवा भएर गएदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही सहायक सिडियो विहीन रहेको थियो । गृह मन्त्रालयले १ साताअघि उपसचिव शिवहरि पोखरेललाई सर्लाहीको सहायक सिडियोको रुपमा सरुवा गरेर पठाएको हो ।
पोखरेल ईश्वरपुर नगरपालिका ५ का स्थानीय वासिन्दा हुन् ।