प्रतिकात्मक तस्बिर ।
हरिपुर, २३ असार – हरिपुर नगरपालिका–२, सखुवा गाउँस्थित निलकमल सामुदायिक वनमा सोमबार दिउँसो एक बेवारिसे पुरुष मृत फेला परेका छन् ।
हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाका अनुसार मृतकको सोमबार साँझसम्म सनाखत हुन सकेको छैन् । घटनास्थलमा पुगेर फर्किएका वडाध्यक्ष थापाले मृतकको चिउडोमा प्वाल परेको जस्तो चोट देखिएको सुनाए ।
सोमबार दिउँसो वनमा निगुरो टिप्न गएका मानिसले नाम, ठेगाना खुल्न नसकेको पुरुषको शव देखेका हुन् । अन्दाजी ४० वर्षको जस्तो देखिने मृतकको पहिचान खुलाउन प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोमनराज अर्यालले उज्यालो अभियानसँग बताएका छन् ।
शव भेटिएको स्थान नजिकै पर्ने हरिपुर तथा घुर्कौली क्षेत्रका स्थानीयसँग सोधखोज गर्दा मृतकलाई नचिलेको बताएका इन्स्पेक्टर अर्यालको भनाइ छ । उनका अनुसार घटनास्थलको प्रकृति मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।