तस्बीर : समिर सुवेदी ।
लालबन्दी, ०८ असार – सर्लाहीको लालबन्दी नगरपालिकाको आगामी आर्थिक वर्ष वर्ष २०८२/८३ का लागि नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
नगरसभाको १४ औँ अधिवेशनमा नगरप्रमुख वासुदेव अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । लालबन्दी १० चन्द्रपुरस्थित एमर्जेन्सी सेल्टर भवनमा नगरप्रमुख अधिकारीले १०० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका नगरपालिका कार्यालयले जनाएको छ ।
यही नीति तथा कार्यक्रममा रहेर बजेट बनाएर असार मसान्तसम्म पारित गरिने नगर उपप्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिईन् ।
सर्लाहीमा अहिले प्रत्येक पालिकाले नीति तथा कार्यक्रम आ–आफ्नो गाउँ तथा नगरसभामा प्रस्तुत गरिरहेका छन् ।
असार १० गतेभित्र नगर तथा गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था छ ।