logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपाल तामाङ घेदुङ मधेश प्रदेशको अध्यक्षमा हरिवनका मोक्तान चयन


  • उज्यालो अभियान

हरिवन, ०८ असार – नेपाल तामाङ घेदुङ मधेश प्रदेश कार्य समितिको अध्यक्षमा सर्लाहीका सन्जिव मोक्तान सर्वसम्मत चयन भएका छन् ।

घेदुङको दोस्रो प्रदेश अधिवेशन अन्तर्गत हिजो हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा उद्घाटन सत्र सम्पन्न भएको थियो । गएसाँझ बाट सुरु भएको बन्दसत्रले सर्लाहीको हरिवनस्थित डाबरीका मोक्तानको नेतृत्वमा घेदुङको नयाँ प्रदेश कार्य समिति निर्विरोध चयन गरेको हो ।

घेदुङको नवगठित प्रदेश कार्य समितिमा बाराका सुनमाया लोप्चन, पर्साका अष्टबहादुर लोप्चन र धनुषाका चन्द्रबहादुर मोक्तान उपाध्यक्ष, रौतहटका बालकुमार रुम्बा महासचिव, महोत्तरीका कृष्णकुमार तामाङ र सर्लाहीका रीता ब्लोन सचिव, सप्तरीकी सरिता योन्जन कोषाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई राति नै निर्वाचन आयुक्त कुमार घिसिङले शपथग्रहण गराइसकेका भएको नेपाल तामाङ घेदुङले जनाएको छ ।

घेदुङको दोस्रो प्रदेश अधिवेशनको हिजो मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको अध्यक्षतामा संघीय अध्यक्ष मोहन गोलेले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा घेदुङका सह–अध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष धर्म डुमजन, सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलानलगायतको आतिथ्यता रहेको थियो ।