logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

घेदुङको दोस्रो मधेश प्रदेश अधिवेशन हरिवनमा सुरु


  • उज्यालो अभियान

हरिवन, ०७ असार – नेपाल तामाङ घेदुङको दोस्रो मधेश प्रदेश अधिवेशन आजबाट हरिवनमा सुरु भएको छ ।

हरिवन नगरपालिका ११ स्थित सम्राट पार्टी प्यालेसमा सुरु भएको अधिवेशनको घेदुङका मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको अध्यक्षतामा संघीय अध्यक्ष मोहन गोलेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा घेदुङका सह–अध्यक्ष कुमार घिसिङ, वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष धर्म डुमजन, सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलानलगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाबाट १६० जना प्रतिनिधि सहभागी भएका छन् । अधिवेशन घेदुङको मधेश प्रदेश नेतृत्व चयन गर्दै भोली सकिने सर्लाही जिल्ला अध्यक्ष वुद्ध लामा थिङले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तर्गत आजै साँझबाट बन्दसत्र प्रारम्भ भइसकेको छ ।

बन्दसत्र अघि आज मध्यान्ह हरिवन बजारमा झाँकीसहितको र्यााली प्रदर्शन गरिएको थियो । उद्घाटन समारोहमा तामाङ समुदायको पहिचान, भेषभुषा र संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम गरिएको आयोजकले जनायो ।