logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लागुऔषध नियन्त्रणका सम्वन्धमा अन्तरक्रिया


  • उज्यालो अभियान

हरिवन, ०६ असार – सर्लाहीको हरिवन नगरपालिकाको सभा हलमा आज लागुऔषधको प्रयोग तथा ओसारपसार रोकथाम गर्ने उद्देश्यसहित अन्त्ररक्रिया कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले लागुऔषध नियन्त्रण सम्वन्धी कार्यक्रम संचालन गरेको हो । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले लागुऔषधको ओसारपसार नियन्त्रण गर्न जिल्लामा भइरहेका प्रयास, कानुनी कारवाहीको अवस्थालगायतबारे प्रस्तुतिकरण राख्नुभयो । छलफलमा जिल्लाका सुरक्षा निकायका प्रमुख, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, वडाध्यक्ष, अन्य जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।

यसअघि जिल्लाको बलरा नगरपालिका, ईश्वरपुर नगरपालिका र चक्रघट्टा गाउँपालिकामा लागुऔषध नियन्त्रण सम्वन्धी कार्यक्रम गरिसकिएको छ ।