मलंगवा, ०६ असार – राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका निमित्त प्रमुख एवं प्रमुख अनुसन्धान अधिकृत रामरिजन यादवको पाँचथर सरुवा भएको छ ।
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पाँचथरमा सरुवा भएका यादवलाई आज सदरमुकाम मलंगवामा बिदाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसहित जिल्लाका सुरक्षा प्रमुखहरुले खादा, माला र अबिर लगाएर यादवलाई बिदाई गरेका हुन् ।
जिल्लामा केही महिना उप–अनुसन्धान निर्देशक (एसपी) नहुँदा प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) यादवले नै निमित्त कार्यालय प्रमुख भएर राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीको जिम्मेवारी सम्हालेका थिए ।
सर्लाहीमा भर्खरै उप–अनुसन्धान निर्देशक (एसपी) सन्जय मण्डल हाजिर भइसकेका छन् ।