लालबन्दी, ०४ असार – सर्लाहीको लालबन्दीमा २ दिने बाल भित्ते पत्रिका लेखन तालिम मंगलबार सम्पन्न भएको छ ।
ग्रामीण नारी उत्थान संघले सिडा संकल्प परियोजना अन्तर्गत ईश्वरपुर र हरिपुर नगरपालिकामा गठन गरिएको बाल क्लब तथा बाल संजालका पदाधिकारी तथा सदस्यलाई सहभागी गराएर तालिम प्रदान गरेको हो । सोमबार र मंगलबार संचालित तालिममा २७ जना बालबालिका सहभागी भएका सिडा संकल्प परियोजनाका कार्यक्रम संयोजक सुमन कुमार बर्माले जानकारी दिए ।
तालिममा सहभागीलाई कान्तिपुर दैनिकका संवाददाता तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले प्रशिक्षण प्रदान गरेको आयोजकले जनायो ।