logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दी वितरण केन्द्रको विभिन्न क्षेत्रमा आज ३ घण्टा बत्ती काटिने


  • उज्यालो अभियान

लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ०२ असार – नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले आज आफ्नो एरिया अन्तर्गतको विभिन्न ठाउँमा ३ घण्टा बत्ती काट्दै छ ।

हरिपुर सवस्टेशनदेखि बयलवास बजार हुँदै सागरनाथ, श्रीनगरसम्म गएको ईश्वरपुर ग्रामीण फिडरमा तथा लालबन्दी फिडर अन्तर्गत पर्ने ईश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रमा एच टि लाइन मर्मत, टेपिङ्ग र डिओ स्वीच लगाउने काम गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि ११ बजेसम्म बत्ती काटिने भएको हो ।

पचगछिया ग्रमीण फिडर सट डाउन अर्थात् लाइन कट हुँदा बयलवास बजार, खैरा, बेला, मनहर्वा, रामनगर, कर्मोहान, क्याम्पस चोक, सखुवनी, सागरनाथ, श्रीनगर र घारिबथान क्षेत्रमा बिजुली बत्ती अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । मर्मतको काम सकेर बिहान ११ बजेपछि भने बत्ती छाडिने बताइएको छ ।

यि क्षेत्रबाहेक लालबन्दी वितरण केन्द्रको अन्य क्षेत्रमा बिजुली आइरहने छ ।