चक्रघट्टा, ०२ असार – सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
गाउँपालिका अन्तर्गतको स्वास्थ्य चौकी सुन्दरपुरमा कार्यरत कार्यालय सहयोगी जयकुमारी देवी रामको निधनमा दुःख व्यक्त गर्दै आज एक दिन गाउँपालिकाभर बिदा दिइएको हो । जयकुमारीको हिजो निधन भएको थियो ।
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले एक सूचना जारी गर्दै आज गाउँपालिकाको कार्यालय र मातहतका सबै कार्यालयको सेवा बन्द रहेको उल्लेख गरेका छन् ।