logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बिजुली सूचारु, मालपोत र नापीको सेवा भोलीबाट नियमित हुने


  • उज्यालो अभियान

हरिवन, ०१ असार – सर्लाहीको हरिवनस्थित नापी र मालपोत कार्यालयमा दिउँसोबाट बिजुली बत्ती सूचारु भएको छ ।

लाइन नहुँदा आज दिउँसो ३ बजेसम्म यि दुईवटै कार्यालयमा कुनै काम हुन सकेन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–९, नोचाँमा हिजो पूर्व पश्चिम राजमार्ग विस्तारमा प्रयोग भएको टिप्परको ठक्करबाट बिजुलीको एउटा पोल भाँचिएको थियो । त्यहाँ नयाँ पोल हालेपछि दिउँसो ३ बजेबाट बत्ती आएको हो ।

आज ढिलो गरी बत्ती आएकाले सेवाग्राहीको काम नै हुन पाएन । अब भोलीबाट नियमित काम हुने दुवै कार्यालयका कर्मचारीको भनाई छ । यि कार्यालयमा आज सेवा लिन पुगेका सेवाग्राही बिजुली बत्ती नभएर काम नै नहुँदा निराश भएर घर फर्किनुपर्यो ।

कार्यालय बाहिर रहेका लेखापढी व्यवसायी समेत कामविहीन बन्न पुगे । मालपोत कार्यालय हरिवनका एक कर्मचारीले जेनेरेटर चलाउन डिजल नरहेकाले बत्ती आउँदा मात्रै कार्यालयको सेवा प्रवाह हुने बताए । डिजलका लागि भनेर आएको सिमित बजेट खर्च भइसकेको ति कर्मचारीले उज्यालो अभियानलाई सुनाए ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले गाउँलेले प्रयोग गर्ने बिजुली हिजै नै अर्को विकल्प लगाएर सूचारु गरेपनि मालपोत र नापी कार्यालयमा भने नयाँ पोल हालेपछि साबिककै जसरी लाइन जोडिएको बताए ।