हरिपुर, ०१ असार – सर्लाहीको हरिपुर नगरपालिका–२, का गाउँ बस्तीमा बालविवाह रोक्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको छ ।
वडा कायालयले ग्रामीण नारी उत्थान संघ हरिपुरसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम गरेको हो । नगर मुसहर महिला सशक्तीकरण सन्जालको आयोजनामा सबै गाउँहरुमा सचेतनामूलक साइकल र्याली गर्दै कम उमेरमा हुने विवाह र जवरजस्ती हुने विवाह अन्त्यका लागि सार्वजनिक स्थल तथा घरको भित्तामा सचेतनामूलक ब्यानर टाँङने काम गरिएको छ ।
हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षतामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।