बलरा, ३१ जेठ – सर्लाहीको बलरा नगरपालिकामा कक्षा ११ मा अध्ययन गर्ने ५५ जना छात्रालाई आज साइकल वितरण गरिएको छ ।
नगरपालिका कार्यालयले बलरा नगरपालिका ८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयका ३७ जना र बलरा नगरपालिका ११ मा रहेको सुधा राजेश्वर माध्यमिक विद्यालयका १८ जना छात्रालाई साइकल उपलब्ध गराएको हो ।
मधेशमा छोरीलाई उच्च शिक्षा प्रदान नगर्ने प्रचलनका बिच कक्षा ११ मा भर्ना भएर पढिरहेका छात्रा र उनीहरुको अभिभावकलाई प्रोत्साहन गर्न साइकल प्रदान गरिएको बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले जानकारी दिए ।