हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका नेता शियाराम रायले सर्लाही क्षेत्र नं. २ (क) बाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।
गठवन्धनबाट टिकट नपाएपछि रायले स्वतन्त्रमा उठ्ने निधो गरी बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
क्षेत्र नं. २ क नेपाली कांग्रेसबाट जंगिलाल राय, मा जसपा–एमाले गठवन्धनबाट पर्सा गाउँपालिकाका पूर्व अध्यक्ष किसुनदेव राय र महेन्द्र राय यादवको पार्टी नेपाल एकीकृत समाजवादीबाट सुनिल साह र स्वतन्त्रबाट वीरेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।