लालबन्दी – सत्तधारी गठवन्धनमा सर्लाही क्षेत्र नं. १ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भागमा परेको छ ।
लोसपाले ८ वटा संघीय निर्वाचन क्षेत्र पाउँदा सर्लाही क्षेत्र नं. १ पनि उसकै भागमा परेको हो । लोसपाले यस क्षेबाट नेता रामप्रकाश चौधरीलाई टिकट दिएको छ । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी चौधरी अवकाश प्राप्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुन् ।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसले पनि दावी गरेको थियो । कांग्रेस नेता शम्भुलाल श्रेष्ठले अन्तिमसम्मै आफूले टिकट पाउने सम्भावना रहेको बताए पनि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच राति अबेर सहमती पत्रमा हस्ताक्षर हुँदा यस क्षेत्र लोसपाको भागमा पर्यो र श्रेष्ठले टिकट पाउन सकेनन् ।
सत्ता गठवन्धनका उम्मेदवार चौधरीको अब एमाले–जसपा गठवन्धनका उम्मेदवार प्रमोद साहसँग प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं. २ मा पर्ने मलंगवाको खुटौना घर भएका जसपाका प्रमुख सचेतक साह सर्लाही क्षेत्र नं. १ को निवर्तमान सांसद समेत हुन् ।