logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

युवाहरुको सक्रियतामा सडक सरसफाई


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–४, तिनघरेमा आइतवार युवाहरुको सक्रियतामा गाउँको सडक सरसफाई गरिएको छ ।

ॐ नमः वुद्ध युवा क्लबको आयोजनामा गाउँका युवाहरु र स्थानीयवासी एकजुट भएर गाउँको सडक सरसफाई गरेका हुन् । नजिकिँदै गरेको तीहार र छठ पर्वलाई लक्षित गरी सडक सरसफाई गरिएको क्लबका अध्यक्ष सुमित स्याङतानले जानकारी दिए ।

सरसफाई लागि हरिवन नगरपालिकाले गाडीसहित अन्य सामग्री सहयोग गरेपछि युवाहरु सक्रिय भएर गाउँ टोलको सरसफाईमा जुटेका हुन् । पछिल्लो समय युवा पुस्ता विदेश पलायन हुनेक्रम बढेसँगै यसरी गाउँघरमा हुने सामूहिक सरसफाईका अभियान कम हुँदै गएका छन् ।